धादिङ ०४ माघ
धादिङका थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा १४२ एण्टिजेन परिक्षण गरिएकोमा निलकण्ठ नगरपालिकामा २८ जना, धुनिबेसीमा १९ जना, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकामा १२÷१२ जना, गल्छीमा ९, बेनिघाट रोराङमा ४ र गंगाजमुना गाउँपालिकामा ३ जना गरि जिल्लामा आज ८७ पोजिटिभ केश देखिएको देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै जिल्लाको सक्रिय केश २३२ पुगेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस