धादिङ ०४ माघ
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लीङको पुरुमा सुख्खा पहिरोमा परि मृत्यु भएका एक जनाको शव सोमबार धादिङवेशीं ल्याईएको छ ।
गत पुस २९ गते विहिबार बाटो खन्ने क्रममा स्काभेटर सहित ३ जना वेपत्ता भएका थिए । वेपत्ता मध्ये भेटिएको स्काभेटर सहचालक काभ्रेका २० वर्षिय राजु तामाङको शव आज हेलिकप्टरबाट धादिङवेशीं ल्याईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
शवलाई सामबारै पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको उहाँले बताउनुभयो । वेपत्ता मध्ये २७ वर्षिय स्काभेटर चालक २७ वर्षिय आकाश तामाङ र स्थानिय २५ वर्षिय अनिष तामाङ अझै वेपत्ता छन् । वेपत्ताहरुको नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानिय मिलेर खोजी कार्य चलिरहेको छ ।
रुवीभ्याली गाउपालिका वडा नम्बर १ पुरुबाट लिङ्जो जोड्ने सडकको नयाँ ट्रयाक खन्ने क्रममा पहिरो खसेको थियो ।
प्रतिक्रिया दिनुहोस