स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै गर्ने बारे सत्ता गठबन्धनबीच सहमती भएको छ। मंगलबार बिहान बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठकमा वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने बारे छलफल भएको हो।
सरकारका प्रवक्त ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा स्थानीय तहको निर्वाचन, आसन्न राष्ट्रिय सभाको निर्वाचन लगायत सरकार सञ्चालनका विषयमा छलफल भएको बताए। निर्वाचन आयोगले बैसाकमा नै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।
स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिंदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।
आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव छ।
पाँच दलीय गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नारायणकाजी श्रेष्ठ, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस