धादिङ ०२ माघ
धादिङको गंगजमुना मन्दिर पर्यटन पूर्वाधार कार्यक्रमको शिलान्यास गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच गंगाजमुना गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले शिलान्यास गर्नुभएको हो । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गंगाजमुना गाउँपालिकाको साझेदारीमा करिब २ वर्षमा सम्पन्न गर्ने गरी ६ करोड बजेटमा निर्माण हुन लागेको मन्दिर परिसरमा निर्माण हुने शिव मन्दिर, बौद्ध स्तुपा, गुम्बा, सेमिनार हल, गेष्ट हाउस, भ्यु टावर र होम स्टे लगायतका संरचनाहरुको एकै साथ शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले धादिङ जिल्लाकै ऐतिहासिक महत्त्व बोकेको गंगजमुना माई परिसरमा मन्दिर, गुम्बा, भ्यु टावर, होम स्टे लगायतका संरचना निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा अध्यक्ष अधिकारीले विभिन्न अनलाइन सञ्चार माध्यममा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति दुःख व्यक्त गर्नुका साथै यर्थाथ बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
करिब ७० करोड लागतमा समग्र गंगाजमुना पर्यटन प्रबद्र्धन कार्यक्रमको डिपिआर तयार भएकोमा हाल ५ करोडको टेन्डर भएर काम सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस