धादिङ ३० पौष
नेपाल रेडक्रस सोसाईटी झार्लाङ उप शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा २ जना महिला र १७ जना पुरुष गरि १९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस