धादिङ २८ पौष
धादिङमा होटल, पसल÷व्यवसाय बिहान ६ बजेदेखि बेलुका ८ः३० बजेसम्म मात्र संचालन गर्न पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सुचना जारी गर्दै कोभिड १९ को तेस्रो चरण ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो अनुरोध गरेको हो ।
यस्तै माघको ७ गतेदेखि लागु हुने गरि सार्वजनिक स्थलहरु होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएका खोप कार्ड राख्न र खोप कार्डको आधारमा मात्र प्रवेश गर्न दिन भनेको छ ।
यस्तै विभिन्न संघसंस्थाका बैठक तथा सभा भर्चुअल माध्यमबाट गर्न भनेको छ । यदि भौतिक रुपमा गर्न परे २५ जनाभन्दा बढी नराखी स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।
यस्तै औषधी लगायतका अतिआवश्यक वस्तुमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि गर्ने लुकाउने, सहज आपूर्तिमा अवरोध सृजना गर्नेलाई कानुनअनुुसार कारबाही गर्नेसमेत प्रशासनले जारी गरेको सुचनामा उल्लख गरेको छ ।
प्रतिक्रिया दिनुहोस