धादिङ २६ पौष
नीति तथा कानुनमा सामुदायिक वनका सवाल विषयक अन्र्तक्रिया कार्यक्रम सोमबार धादिङमा सम्पन्न भएको छ ।
सामुदायिक वन महासंघ धादिङका अध्यक्ष शुशिला पाठकको अध्यक्षतमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ राष्ट्रिय सचिवालयका सचिव ठाकुर प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
डिभिजन वन कार्यलयका अधिकृत अजयमान मानन्धरको विशेष आतिथ्यतामा भएको कार्यक्रममा खनियाबास गाउपालिकाका वडा अध्यक्ष रण बहादुर तामाङ, गंगाजमुना गाउपालिकाका वडा अध्यक्ष बल बहादुर अधिकारी लगायत धादिङका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ धादिङको आयोजनामा सामुदायिक वनका सवाल विषयक अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरुले सामुदायिक वनमा देखिएको चुनौती तथा गुनासोहरु राखेका थिए ।
बन कार्ययोजना अनुसारको बन पैदावार उपभोग गर्न नपाउनु र मानव बन्यजन्तु बिच द्धन्दको सिर्जना हुनु लगायतका समस्याहरु देखिएको सहभागिहरुको गुनासो रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यलयका अधिकृत मानन्धरले उपभोक्ताहरुलाई परेको समास्या र गुनासोहरुलाई समाधानको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस