नेकपा एमाले धादिङको जिल्ला नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले जिल्लाको सिंगो पदाधिकारी टिम र सदस्यहरू नै सर्वसम्मत रुपमा चयन गरेको छ ।
आईतबार सम्पन्न जिल्ला अधिवेशनले भूमि त्रिपाठीको अध्यक्षतामा एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धन बहादुर घले, सचिवमा अर्जुन कुमार श्रेष्ठ(गोर्खाली), उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा चयन हुनु भएको छ ।
यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका त्रिपाठी निर्विरोध अध्यक्ष चयन हुनुभएको थियो। त्रिपाठी धादिङ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ।
शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्तामा ४ पदाधिकारी सहित एकसय सदस्यका लागि २ सय ५८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर, अध्यक्ष मण्डलद्धारा सर्वसम्मत नेतृत्व टुङ्गाएको हो।
यसैगरी जिल्ला कमिटिको बैठकले २० प्रतिशत सदस्य पछि मनोनित गरिने एमाले धादिङका ईञ्चार्ज खेम लोहनीले जानकारी दिनुभयो। जसमा १० प्रतिशत बैठकले र १० प्रतिशत भने पार्टी एकिकरण तथा अन्य पार्टीबाट आएकालाई मनोनित गरिने ईञ्चार्ज लोहनीले बताउनुभयो।
शुक्रबारदेखी सुरु भएको अधिवेशनमा जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी थिए।अधिवेशनको नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले उद्घाटन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस