ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राम बहादुर घलेको अध्यक्षतामा भएको साधारण सभामा सार्वजानिक याातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, प्रदेश सांसद रामकुमार अधिकारी, संविधान सभा सदस्य विर बहादुर तामाङ एवं प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, लगायत सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले सरकारसग सवारी दुर्घटनाहुदा पाउने बिमा रकम कम भएकोले बिमा रकम बढाईदिने र मृतकको हकमा रहने रकम बढाउने सहमतिभएको बताउनुभएको छ ।
त्यस्तै विशेष अतिथि रामकुमार अधिकारीले आगामी बजेट भाषणमा सहकारीलाई २० लाख बजेट उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभएको छ ।
शुभकामना मन्तव्य राख्दै उपमेयर मनराज भण्डारीले सहकारीलाई नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै मनमोहन मेमोरियल शिक्षण अस्पताल र ग्रामिण यातायात सहकारी संस्था लिमिटेडको सहकार्यमा भएको रक्तदान कार्यक्रममा १ जना महिला र २० जना पुरुष गरी २१ जनाले रक्तदान गरेका छन् भने साधारण सभाकै अवसरमा भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा १५० जनाले सेवा लिएका छन् ।
सभाको अवसरमा संस्थाको स्थापना कालदेखी इमान्दार, कुसल चालक र संक्रिय व्यवसायी र कोभिडको समयमा घरभाडा छुट गराउने बिच बजार टोल सुधार समितिलाई सम्मान गरिएको छ । ग्रामिण यातायात सहकारी संस्था लिमिटेडद्धारा हाल ५२ वटा वसहरु संचालनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस