धादिङ २४ पौष
नेकपा एमाले धादिङको ८ औँ जिल्ला अधिेशनले भूमि त्रिपाठीलाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशन अन्तरगत शनिबार बिहान भएको मनोनयन दर्तामा त्रिपाठीको मात्र उम्मेद्वारी परेको हो ।
अध्यक्ष बाहेकको पदमा भने धेरै जनाको उम्मेद्वारी परेकाले निर्वाचनको तयारी भएको एमाले धादिङ स्रोतले जानकारी दिएको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर १ सय ५ सदस्यीय जिल्ला समिति चयन गर्ने छ ।
बि.स. २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रीय त्रिपाठी संघीय सांसद समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस