धादिङ २२ पौष
बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यलय धादिङको ध्यानाकर्षण गराईएको छ । बिहिबार नागरिक समाज धादिङले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाउदै अन्न बालीमा पुगेको क्षतिको वैज्ञानिक मूल्य निर्धारण गरी छिटो भन्दा छिटो राहत उपलब्ध गराउन माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले स्थानीय तहहरुमा लगत संकलनको कार्यक्रम सञ्चालन भईरहेको तर राहत उपलब्धमा निकै नै ढिलासुस्ती देखिएको र किसानलाई राहत उपलब्ध गराउने विषयमा स्थानीय निकायहरुलाई ताकेता गरेर छिट्टै राहत वितरणको कार्यक्रमलाई सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
असोज ३१ देखि कार्तिक ५ गतेसम्म भएको बेमौसमी बर्षाका कारण सबैभन्दा धेरै ज्वालामुखी गाउपालिकामा ३६५ जना किसानको धानबालि क्षति भएको छ भने त्रिपुरा सुन्दरी गाउपालिकामा २७२, गजुरी गाउपालिकामा २५०, नीलकण्ठ नगरपालिकामा ११३, सिद्धलेक गाउपालिकामा ३६, धुनिबेसी नगरपालिकामा १७ र थाक्रे गाउपालिकामा १ जना किसानको धानबालिमा क्षति भएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस