धादिङ २१ पुस ।
सत्यवती अल्मुनाई एसोसिएसन (सान) को आयोजनामा सत्यवती उमावि सिद्धलेक-७ आदमटारमा सत्यवतअं करियर कन्फरेन्स सरू भएको छ । दुई दिने करियर कन्फरेन्समा विभिन्न उच्च माविमा +२ अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थी सहभागी छन् ।
विहीबारसम्म चल्ने कार्यक्रममा निजामति र शिक्षक सेवाका क्षेत्रहरु, शेयर बजार, बैंकिङ सेवा तथा अवसरहरु, डीभी तथा वैदेशिक अध्ययन र रोजगारीहरु, स्टार्ट अप व्यवसाय, पत्रकारितालगायतका विभिन्न १० विषयमा परामर्श दिइने आयोजक संस्था सानका अध्यक्ष बद्री सुवेदीले जानकारी दिए ।
बुधबार निजामति सेवाको विषयमा त्रिपुरासुन्दरी गाउँपालिकाका कार्यकारी अधिकृत इन्द्रबहादुर खतिवडा, पत्रकारिताबारे अनलाइनखबर डट कमका विचार सम्पादक सुदर्शन खतिवडा, स्टार्टअप व्यवसायबारे युवा उद्यमी सरोज खनाल र बैंकिङ करियरबारे सानिमा बैंक बिदुर शाखा प्रमुख मधुप्रकाश खतिवडाले परामर्श प्रदान गरे ।
कार्यक्रममा सत्यवती माविका प्रधानाध्यापक लक्ष्मण शर्माले उच्च मावि पढ्दै गरेका विद्यार्थीलाई आफ्नो करियरबारे अन्योल देखिएकाले जिल्ला मै पहिलोपटक विद्यालय तहमा यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागी विषयविज्ञहरू सत्यवतीकै उत्पादन रहेको बताउँदै उनले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस