धादिङ १८ पौष
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको क्याम्पस सभाको तेस्रो बैठक आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको तेस्रो बैठकको अध्यक्षता क्याम्पस सञ्चालक समिति अध्यक्ष सम्भू कुमार श्रेष्ठ गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नीलकण्ठ क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउदै क्याम्पसको निर्माणाधिन भवन सम्पन्न गर्नको लागि आवह्यक बजेट व्यवस्थापन गर्ने बताउनु भयो ।
यस्तै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशभित्रका प्रत्येक स्थानीय तहका दलित, लोपोन्मुख जातिबानट १ जनालाई ३ वर्षे प्राविधिक शिक्षा प्रदेश सरकारले निःशुल्क प्रदान गर्ने र प्रदेशभित्र सामुदायिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने छात्राहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने पनि बताउनु भयो ।
सभाकै अवसर पारी २०७६ सालको स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाल प्रथम र तृतीय हुन सफल विवेचना सिलवाल र हिराकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
बागमती प्रदेश मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद रामनाथ अधिकारी, प्रदेश सांसद डा. राजाराम कार्की, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गाना, उप–प्रमुख मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस