धादिङ १८ पौष
नेपाल स्वास्थ्य प्राविधिक संघ धादिङको अध्यक्षमा मिलन बराइली निर्वाचित हुनभएको छ । शनिबार भएको ५ औँ जिल्ला अधिवेशनले बराइलीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सुन्दरी गिदेल मगर, शिव प्रसाद पौडेललाई चयन गरेको छ । यस्तै सचिवमा नीर बहादुर तामाङ, सह–सचिवमा सञ्चिता घले र कोषाध्यक्षमा सरिता गुरुङ चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तोपनाथ दुवाडी, निवर्तमान अध्यक्ष दिपक अधिकारी र कृष्णलाल उप्रेती लगायतको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस