धादिङ १७ पौष
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङको अध्यक्षमा परशुराम दुवाडी निर्वाचित हुनुभएको छ । शनिबार धादिङवेसीमा भएको प्रथम अधिवेशनले दुवाडीको अध्यक्ष्तामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा केशव रुपाखेती, सचिवमा नवराज गिरी, कोषाध्यक्षमा कृष्ण सिलवाल निर्वाचित हुनुभएको छ । संगठनका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सरोज खतिवडाको अध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशका मुख्य मन्त्री तथा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । यस्तै संगठनका केन्द्रीय उपाध्यक्ष महेश्वर पाण्डे, महासचिव हरिदेव यादव, सचिव जनक देवकोटा लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस