अपिल कोइराला
१७ पुस,२०७८
देउराली माध्यमिक विद्यालय तथा प्राबिधिक शिक्षालयको नबनिर्मित ९ कोठे भवन उद्धघाटन तथा हस्तान्तरण गरिएको छ । शुत्रबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वद्रि प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, वडा अध्यक्ष गुण बहादुर थपलिया, श्रोत व्यक्ति मेघनाथ कोइराला लगायतको विशेष आथित्यता रहेको थियो भने कांग्रेस धादिङका युवा नेता दिपक कोइराला, रमेश कोइराला, हेमराज श्रेष्ठ, समाजसेवी राम प्रसाद अधिकारी लगायत विभिन्न चन्दादाता, शिक्षाप्रेमी व्यक्ति तथा अभिभावकको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख ढुङ्गानाले देउराली माध्यमिक विद्यालयले प्राविधिक शिक्षा लिई दक्ष बन्ने सपना बोकेका कयौँ विद्यार्थीहरुको सपना पुरा गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयको हरेक योजना तथा विकासका लागि आफूले पूर्ण सहयोग र साथ दिने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमकै अवसर पारी विद्यालयले सञ्चालन गरेको त्रैमासिक परीक्षाको परीक्षाफल वितरण तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले विभिद संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका अतिथि, विद्यालयका अभिभावक, चन्दा दाता तथा समाजसेवीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष वद्रि प्रसाद कोइराला र प्रधानाध्यापक खिल बहादुर धमलाले सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस