धादिङ १५ पौष धादिङ
गत कार्तिकमा भएको बेमौसमी वर्षाका कारण धान लगायतका कृषिबालीमा क्षेति पुगका धादिङका कृषकहरुले हालसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल सरकारले क्षतिको अवस्था अनुसार किसानहरुलाई राहत उपलब्ध गराउनका लागि मापदण्ड बनाएर सम्पूर्ण स्थानीय तहहरुलाई लगत संकलनका लागि निर्देशन गरिसक्दा पनि स्थानीय तहको ढिलासुस्तीका कारण किसानहरु क्षतिपूर्ति पाउनबाट बन्चित भएका हुन् ।
बिहिबार पारस्परिक जवाफदेहिता परियोजनाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा जिल्लाका कुनै पनि स्थानीय तहले हालसम्म किसानहरुलाई राहत उपलब्ध नगराएको सहभागीहरुले बताएका छन् । स्थानीय तहहरुमा लगत संकलनको कार्यक्रम सञ्चालन भैरहेको तर राहत उपलब्धमा निकै नै ढिलासुस्ती देखिएकाले जिल्ला प्रशासन कार्यालयमार्फत सम्पूर्ण स्थानीय तहलाई ध्यानाकर्षण गराउने योजना रहेको राष्ट्रिय मानवअधिकार संगठन धादिङका उप–सभापति शेर बहादुर भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस