धादिङ १४ पौष
जनजागरण पार्टी नेपालको दोस्रो महाधिवेशन आजबाट धादिङमा सुरु भएको छ ।
केन्द्रीय अध्यक्ष बि.पी खनालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय संगठन विभागका प्रमुख सुनिल महर्जन, केन्द्रीय उपाध्यक्ष द्धारिका श्रेष्ठ, निमटोल्मा आचार्य, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उ
द्घाटन समारोहमा बोल्दै कार्यक्रमका वक्ताहरुले धादिङमा जनजागरण पार्टी बलियो बनाउनको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । जनजागरण पार्टी सानो समूह भए पनि देशमा आमूल परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेल्ने केन्द्रीय उपाध्यक्ष द्धारिका श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमको अवसरमा एपि मसिह पार्टी नेपालका केन्द्रीय उपसचिव तुलसी प्रसाद श्रेष्ठ सहित ७ जना केन्द्रीय सदस्यहरु जनजागरण पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई केन्द्रीय अध्यक्ष बि. पी खनालले प्रमाणपत्र र टिका लगाई स्वागत गरेका थिए । महाधिवेशनको समापन भोलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस