धादिङ १३ पौष
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनलाई धादिङमा स्वागत गरिएको छ ।
काङ्ग्रेसको १४ औँ महाधिवेशनमा जनजाती समूहबाट धादिङ जिल्लालाई प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित पाख्रिनलाई मङ्गलबार काङ्ग्रेस धादिङले एक कार्यक्रमका बिच स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै नेता पाख्रिनले केन्द्रीय सदस्यमा निर्वाचित भैसकेपछि आफूलाई थप जिम्मेवारी बढेको भन्दै निर्वाचन प्रकृयामा सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
नेता पाख्रिनलाई काङ्ग्रेस कार्यकर्ताहरुले बाइक ¥यालीका साथै बाजागाजा सहित स्वागत गरेका थिए ।
बधाई तथा स्वागत कार्यक्रममा नेता पाख्रिनका साथै काङ्ग्रेस धादिङका सभापति रामनाथ अधिकारी नगर सभापति शम्भु सिंह ठकुरी, नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना, क्षेत्र नं २ का सभापति राकेश धमला लगायतको आतिथ्यता रहेको थियो । नेपाली काङ्ग्रेसको इतिहासमै पहिलोपटक धादिङबाट प्रतिनिधित्व गर्दै पाख्रिन केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस