धादिङ ११ पौष
धादिङबेसी पुछार बजारमा डिजिटल आइएमई सेवा सञ्चालनमा आएको छ । आइतबारबाट सत्यजित इन्टरप्राईजेजले औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
सुभारम्भ कार्यक्रममा सञ्चालक गौतम ठकुरीले मोवाइल, टिभिको रिचार्ज, विजुली, खानेपानी, इन्टरनेट, टेनिफोनको बिल तिर्न र देश तथा विदेशको जुनसुकै ठाउँमा पैसा पठाउनका लागि छिटो र सहज होस् भन्ने उद्देश्यका साथ डिजिटल आइएमइ सेवा सुरु गरेको बताउनु भयो ।
सञ्चालक ठकुरीले सेवाग्राहीलाई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्दै सबै किसिमको बिल भुत्तानी डिजिटल प्रकृयाबाट गर्ने समेत बताउनु भयो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले उक्त आइएमइ सेवाको सुभारम्भ गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस