नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ९आव० २०७८ र ७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४।३५ प्रतिशतमा झारेको छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७।१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २।८३ प्रतिशत विन्दुले घटाएर १४।३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९।२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२।०१ प्रतिशत थियो । गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरण तर्फको चुहावट २।७७ प्रतिशत विन्दुले कम हो ।
प्रतिक्रिया दिनुहोस