धादिङ १० पुस
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन् ।
’समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने मुल मर्मका साथ सम्पन्न भएको चौंथो अधिवेशनबाट श्रेष्ठ निर्बिरोध अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सह–सचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरु, राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गर्दै नयाँ कार्यसमितिले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारहरुको हकहितमा काम गर्ने बताउनुभयो । पछिल्लो समय पत्रकारितामा प्रवेश गर्दै छाड्दै गर्ने क्रम बढेको छ ।
त्यस्तै, प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा चयन भएका छ्न् । पर्यवेक्षकमा लक्ष्मी भुजेल चयन गरिएको छ । संघमा उद्दव चेपाङ र अनिता शाक्य चयन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस