नेकपा ९माओवादी केन्द्र० र नेकपा मसाल ९सम्पर्क केन्द्र०बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा आयोजित घोषणा कार्यक्रममा दुवै पार्टीबीच एकता भएको हो ।
एकता पत्रमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा नेपाली जनताका बलिदानीपूर्ण प्राप्त भएको गणतन्त्रलगायतको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरिने भनिएको छ । सामन्तवादका अवशेषहरुको अन्त्य र दलाल पुँजीवादसँग सम्झौताहीन संघर्षबाट मात्र समाजवादी क्रान्तिको यात्रा थालनी हुने विज्ञप्तिमा भनिएको छ ।
यसैगरी नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलनकै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धन्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मूलतः समान दृष्टिकोण निर्माण भएको पनि विज्ञप्तिमार्फत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस