धादिङ ०९ पौष
एन.सि.सि आल्मुनाई एसोसियशनको ४ औँ वार्षिक उत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा ३ जना महिला र १५ जना पुरुष गरि १८ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले बताउनुभयो । नीलकण्ठ मा.वि., एडभान्स आवासिय मा.वि. र आदर्श मा.वि.को आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस