धादिङ ७ पौष
नेपाल बार एशोसिएशनको ६६ औं स्थापना दिवस धादिङमा पनि मनाइएको छ । धादिङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा ‘मानव अधिकार संरक्षणमा नागरिक सस्थाको भुमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको हो । धादिङ जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधीश रमेश ज्ञवालीको प्रमुख आतिथ्यता तथा न्यायाधीश आत्मादेव जोसीको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायत विभिन्न नागरिक सस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले नेपाल प्रधान न्यायाधीश विरुद्ध बार एशोसिएशनको जारी आन्दोलनमा पत्रकार महासंघको पनि एकेबदता रहेको बताएका थिए ।
यस्तै कार्यक्रमका विशेष अतिथि न्यायाधीश आत्मादेव जोसीले सामाजिक न्यायको लागि कानुन व्यवसायीको भुमिका अत्यन्तै महत्त्वपूर्ण रहने बताउदै पेशागत सङ्गठनमध्ये संविधानमै स्थान पाउने एकमात्र संस्था बार एशोसिएशन रहेको बताउनु भएको थियो । कार्यक्रमका अधिकाशं वक्ताहरुले मानव अधिकार संरक्षणमा नेपाल बार लगायत सामाजिक संघ संस्थाहरुको भुमिका महत्त्वपूर्ण रहने बताएका थिए । नेपाल बार एशोसिएशनको स्थापना २०१३ साल पौष १३ गते भएको थियो ।
प्रतिक्रिया दिनुहोस