धादिङ ०७ पौष
नेकपा(माओवादी केन्द्र) नीलकण्ठ–७ धादिङको पार्टी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । वडा पार्टी अध्यक्ष मेघराज पोख्रेलको अध्यक्षता रहेको कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य वेदनिधि अधिकारीको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र धादिङका अध्यक्ष एवं वागमती प्रदेशका सह–सचिव विजय बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै नीलकण्ठ नगरपालीकाका उपमेयर मनराज भण्डारी, माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी अध्यक्ष सम्भु श्रेष्ठ, दलित मुक्ति मोर्चा बागमती पर्देश अध्यक्ष दिपक बिक लगायतको आतिथ्यता रहेको कार्यक्रममा कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्री सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको वडा कमिटी सचिव प्रेम नेपालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस