नेपाली काँग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा तीन जना विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा ध्यानगोविन्द रञ्जित, राजन केसी, उर्मिला नेपाल (केसी) विजयी भएका हुन् । रञ्जितले २४१९ मत ल्याएका छन् भने केसीले २१२९ मत ल्याएका छन् । प्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् । रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी नेता प्रकाशमान सिंह निकट हुन् ।
नेपाली कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् । मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेसी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन् ।
प्रतिक्रिया दिनुहोस