धादिङ ०६ पौष
गोरखा वेल्फेयर ट्रस्टले धादिङ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यका साथ उक्त सामाग्री सहयोग गरिएको हो ।
उत्थानशील खानेपानी सरसफाई स्वच्छता तथा आपतकालीन पूर्वतयारी कार्यक्रम अन्र्तगत धादिङ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गोरखा वेल्फेयर ट्रस्टका बुद्ध बहादुर गुरुङले जानकारी दिनुभयो ।
सहयोग गरिएको स्वास्थ्य सामग्रीहरुमा ५० थान पिपिइ किट्स, सर्जिकल मास्क, २ सय थान एन ९५ मास्क, ७१ थान फेस सिल्ड, १ हजार थान हेड कभर्स, १ सय ५० थान सु कभर्स लगायत रहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस