धादिङ ०४ पौष
बुढिगण्डकी जलविद्युत आयोजना केन्द्रिय सरकारको प्राथमिकतामा रहेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । धादिङको ज्वालामुखी गाउँपालिका–६ चित्रेकालिका मन्दिरको जात्रा तथा महोत्सवको उद्घाटन गर्दै पाण्डेले यस्तो बताउनुभएको हो ।
जग्गा मुआब्जामा ठूलो रकम खर्च भईसकेकाले आयोजना तत्काल निर्माण प्रक्रियाको काम अगाडि बढाउने पाण्डेले बताउनुभएको छ । हरेक बर्षको धान्य पुर्णिमाको दिन लाग्ने जात्रा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गरि सुरु गरिएको छ । परापुर्वकालदेखि नै मनाउदै आएको जात्रालाई वडा कार्यालयले महोत्सवकै रुपमा मनाएको हो ।
स्थानीय स्तरका धर्म संस्कृतिको जगेर्ना गर्न र गाउँगाउँमा पर्यटन प्रवर्द्धन गर्न जात्रालाई महोत्सवको रुपमा मनाइको ज्वालामुखी गाउँपालिका–६ का वडा अध्यक्ष अर्जुन अर्यालले बताउनुभयो । महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनमा राखिएको छ । सोमबार साँझसम्म चल्ने जात्रामा आउने जात्रालु र भक्तजनलाई मध्यनजर गर्दै विभिन्न स्टलहरु निर्माण गरिएको छ ।
जात्रालाई भब्य बनाउन रास्ट्रीयकलाकारहरु उपस्थित भएका छन् । कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिना, टानका अध्यक्ष खुमबहादुर सुवेदीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस