धादिङ ०४ पौष
जिल्लाका अधिकांश भू–भागहरुमा केही दिन देशभर चिसो बढेको छ । तापक्रम घटेर चिसो बढ्दै गएको हुनाले धादिङको उत्तरी क्षेत्रका नागरिकहरुलाई सुरक्षित भएर बस्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।
शनिबार प्रशासनले एक सुचना जारी गर्दै उत्तरी क्षेत्रमा हिमपात तथा दक्षिणी महाभारत लेकहरुमा हिउ पर्न सक्ने तथा शीतलहर आउने संभावना रहेको हुदां बेलैमा सुरक्षित भएर बस्न सुचनामार्फत आग्रह गरेको हो । यो पुस महिनाभरि चिसो अत्याधिक बढ्ने मौसमविद्हरूले बताएका छन् ।
चिसो समयमा बालबालिका तथा जेष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले बिशेष ख्याल गर्न र घर भित्र पनि आगो, कोइला तथा हिटर बालेर बस्दा न्यानो र तातो हुने भएपनि आगो , हिटर र कोइला बाल्दा हुन सक्ने खतराको बारेमा सावधान रहन पनि आग्रह गरेको छ ।
जाडोको यो समयमा सकेसम्म न्यानो कपडा लगाउन, बिहान तथा साँझमा काम नपरेसम्म सकेसम्म घरबाट बाहिर नहिड्न तथा तातो र झोलिलो खानेकुराहरू खान पनि डाक्टरहरूको सुझाब रहेको छ ।
प्रतिक्रिया दिनुहोस