धादिङ ०३ पौष
बोक्सीको आरोप लगाउने २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिका वडा नं १० की एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा धुनिबेशी नगरपालिका वडा ५ धार्के निवासी बिष्णु परियार र उनका श्रीमती मुना परियार रहेका छन् ।
निजहरुले उक्त महिलालाई तपाईको शरिरमा बोक्सी बसेको छ यसलाई हामी निको बनाई दिन्छौ भन्दै स्टिलको पन्यू तताएर अनुहार लगाएतको शरिरको बिभिन्न भागमा तँ बोक्सी होस अब ठिक हुन्छ भन्दै डामी घाईते बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बोक्सा बोक्सीको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतको आदेश लिन ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस