धादिङ ०३ पौष
धादिङ अस्पतालमा निःशुल्क हाइड्रोसिलको अप्रेशन हुने भएको छ । सन २०३० सम्ममा नेपालबाट हाइड्रोसिल हात्तीपाइले रोगलाई निर्मुल पार्ने सरकारको लक्ष्य अनुसार देशका ७७ वटै जिल्ला अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार कार्यक्रम सुरु गरिएको हो ।
शुक्रबार धादिङ अस्पतालमा आयोजित हाइड्रोसिलको निःशुल्क उपचार सम्बन्धी अन्तरकृया कार्यक्रममा निःशुल्क उपचार पद्धति, यसका जटिलता तथा नागरिकहरुमा रहेको भ्रम निवारणका सम्बन्धमा सरोकारवालाहरुबिच छलफल भएको थियो ।
हाइड्रोसिलको समस्या भएका व्यक्तिहरुको पहिचान गरी स्कृनिङका साथै निःशुल्क अप्रेसन र सल्यक्रिया पश्चात देखिन जटिलतालाई मध्यनजर गर्दै निःशुल्क औषधि उपचारको समेत व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी विक्रम वि.क. ले जानकारी दिनुभयो ।
अस्पतालका अध्यक्ष महेन्द्र धमालाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झा,जनरल सर्जन शंकरराज लामिछाने, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु प्रसाद रिजाल,स् वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जर्नादन सिलवाल, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो । चाुल आर्थिक वर्षमा ४० देखि ४५ जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस