कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल आउनेलाई अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने निर्णय तत्काललाई लागू नगरिने भएको छ। अध्यागमन विभागले सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्देशनका आधारमा क्वारेन्टाइनमा स्थगित गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए। अध्यागमन विभागले शनिबार सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
सोमबार सिसिएमसीको बैठकको निर्णय अनुसार अर्को सूचना जारी गर्ने विभागले जनाएको छ। विभागले पुस २ गते ६७ देशबाट आउने यात्रुलाई एक साता होटल क्वारेन्टाइनमा बस्नुपर्ने सूचना जारी गरेको थियो।
होटल क्वारेन्टाइनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो। साथै होटल क्वारेन्टाइनमा बसेपछि पिसिआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएपछि पनि एक साता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो।
प्रतिक्रिया दिनुहोस