धादिङ ८ आषाढ
गोल्डेन आइ कम्प्युटर इन्स्टिच्युट नीलकण्ठ ३ धादिङको आयोजनामा आइतबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने विषयमा भएको वक्तृत्वकला कार्यक्रममा ११ जना प्रतिस्पर्धीहरुले सहभागिता रहेको थियो । कामना इन्टरनेशनल कलेज सानोभ¥याङ काठमाडौँ र ह्वाइटफिल्ड कलेज काठमाडाँैको आर्थिक सहयोग र गोल्डेन आइ कम्प्युटर इन्स्टिच्युट प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा संस्थाका बीचबजार शाखाका व्यवस्थापक उत्तम सापकोटाको सभापतित्व रहेको थियो ।
गोल्डेन आइ कम्प्युटर इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर केशव राज सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा कामना इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख महेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, ह्वाइट फिल्ड कलेजका कार्यक्रम संयोजक महेश अर्यालको विशेष आतिथ्यत, गणेश हिमाल क्याम्पस धादिङबेसीका क्याम्पस प्रमुख ईश्वरी पाण्डे, कामना स्कुलका प्रधानाध्यापक नवराज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका छात्र सुन्दर श्रेष्ठ प्रथम, नीलकण्ठ माध्यमिक विद्यालयकै विनोद थापा द्धितीय र पशुपती माध्यमिक विद्यालयकी छात्रा सलिना श्रेष्ठ तृतीय भएका हुन् । विजयी विद्यार्थीहरुलाई शैक्षिक सामग्री र नगदद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कामना इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख महेश कुमार श्रेष्ठले यदि कामना कलेजमा पढ्न आएको हकमा प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई र गोल्डेन आइ कम्प्युटर इन्स्टिच्युटबाट सिफारिस भएका एक जना छात्र र एक जना छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने बताउनु भयो । कार्यक्रममा करिब सय जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस