गोरखा ७ आषाढ
जनजागृती सामुदायिक वन उपभोक्ता समूह भिमसेन थापा गाउँपालिका ३ साविकको तान्द्राङ ३ र ४ गोर्खाको ११ औँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । १ सय ४२.८ हेक्टर क्षेत्रफलमा फैलिएको जनजागृती सामुदायिक वनलाई ४ खण्डमा विभाजन गरिएको छ । सयाँै प्रजातिका वोटविरुवा र विभिन्न जातका वन्यजन्तुहरुको बासस्थान रहेको सामुदायिक वनक्षेत्रमा ८ मिटर चौडा सिमलफेददेखि कोया भञ्ज्याङ दुर्लभमार्ग, सिमलफेद मुडुली थुम्का पर्यटकीय पदमार्ग, एतिहासिक स्थल मुडुली थुम्का र ७ पत्रे गुफा समेत यसै वन क्षेत्रमा रहेको सामुदायिक वन उपभोक्ता समुहले ११ आँै वार्षिक साधारणसभा तथा ५ औँ आधिवेशन सम्पन्न गरेको हो । समूहका सदस्य पूर्ण बहादुर परियारले स्वागत मन्त्व्य राख्नुभएको सभामा समूहका सचिव खिल प्रसाद भट्टले समूहको वाषर््िाक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको र कोषाध्यक्ष गीता लामिछानेले आर्थिक वर्ष ७५÷७६ को रु ५ लाख ५० हजार ८ सय ८१ को आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले गीरिराज भट्ट अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा ईश्वरी प्रशाद सुवेदी कोषाध्यक्षमा मिरा रिमाल, सचीवमा राम बहादुर परियार र सहसचिवमा वासुदेव दाहाल चयन हुनुभएको छ । समूहका अध्यक्ष चक्र बहादुर लामिछानेको अध्यक्षता रहेको साधारणसभामा भिमसेन थापा गाउपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष राम्जी प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछान,े भिमसेन थापा गाउपालिका वन महासंघका सदस्य तथा नेकपा भिमसेन थापा गाउपालिका ३ का पार्टी अध्यक्ष प्रेम कुमार पुडासैनी, दलित महिला वडा सदस्य कोपिला अछामी लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो । सभामा सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस