पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना–१९ विरुद्धको खोपल लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने जानकारी दिनुभयो । उनका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ ।
सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ।
प्रतिक्रिया दिनुहोस