धादिङ २७ मङ्सिर
माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिको अध्यक्षमा धादिङका जगत संखडा निर्वाचित हुनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएका सिंखडा हिजो सम्पन्न उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रथम सम्मेलनबाट सिंखडाको अध्यक्षतामा १ सय ४१ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण केसी, संगीता खड्का र प्रकाश पाण्डे निर्वाचित हुनुभएको छ भने सचिवमा सुरेन्द्र बस्नेत, सह–सचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा धादिङकै शंकर अधिकारी निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस