धादिङ २६ मङ्सिर
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले धादिङ अस्पताललाई ५० सैयाबाट स्तरोन्ती गरेर १०० सैयाको बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आइतबार धादिङ अस्पतालको ४६ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनु भएको हो ।
सम्बोधनकै क्रममा पाण्डेले आफू मुख्यमन्त्री भएपश्चात प्रदेशभित्रका स्थानीय तहका दलित, लोपोन्मुख र अल्पसंख्यक जातिबाट १, १ जनालाई ३ वर्षे प्राबिधिक कोर्ष पढाएर सम्बन्धित पालिकामै रोजगारीको अवसर सिर्जना गर्ने तथा सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढ्न चाहने न्यून आए भएका छात्राहरुलाई पनि निःशुल्क रुपमा उच्च शिक्षाको व्यवस्थापन गर्ने २ वटा महत्वपूर्ण निर्णय गरेको बताउनु भयो ।
धादिङ अस्पताल विकार तथा सञ्चालन समिति अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा लगायत जिल्लाका राजनैतिक दलका प्रमुख प्रनितिधि, सरकारी कार्यालयका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।
तस्विर शंकर श्रेष्ठ
प्रतिक्रिया दिनुहोस