धादिङ २६ मंसिर
सहारा कृषि सहकारी संस्था लिमिटेड भिमसेनथापा गाउँपालिका ३ तान्द्राङ गोरखाको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कृषि प्रविधिको विस्तार गरी कृषि क्षेत्रको व्यवसायीकरण गरी समुदायको शशक्तीकरणको माध्यमबाट कृषक वर्गको दिगो जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्य लिएको उक्त सहकारीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।
भिमसेनथपा गाउँपालिका वडा नं. ३ लाई आफ्नो कार्यक्षेत्र बनाएको उक्त सहकारीमा १ सय ८० सेयर सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेले यस सहकारीले आफ्नो स्थापना कालको १ वर्षमा नै गरेको कार्यप्रगतिमा खुसी व्यक्त गर्दै कृषि सहकारीले कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन व्यवसायिक कृषक बनाउन पहल गर्नुपर्नेमा जोड दिदै त्यस्ता कृषकहरुलाई वडाबाट तालिमको पहल हुने बताउनु भयो । कार्यक्रममा जेष्ठ सदस्यमध्ये शान्ता कुमारी वि.क र दुर्गा प्रसाद खनाललाई सम्मान गरिएको थियो ।
त्यस्तै उकृष्ठ कृषकमा बेद प्रसाद ढकाल र एस.इ.इ परीक्षामा उत्कृष्ठ अंक ल्याई उत्र्तीण हुने संस्कृत माध्यमिक विद्यालयका छात्र रुपक सिर्मललाई सम्मान गरिएको थियो।
संस्थाका सचिव सीताराम लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोज कुमारी धमलाले स्वागत मन्तव्य राख्नुभएको र कोषाध्यक्ष मेघनाथ बन्जाराले रु. ३० लाख ६८ हजार १ सय ६६ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता रहेको सभामा वडा अध्यक्ष लिलानाथ लामिछानेको प्रमुख आतिथ्यता, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको गोरखाबाट सहकर्मी कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै, कार्यक्रममा ४ उपसमिती गठन गरिएको छ । लेखासमितीको संयोजकमा बालकृष्ण दाहाल, ऋण समितीको संयोजकमा यम बहादुर गुरुङ, कृषी विज्ञ उपसमितीमा संयोजक खनानन्द सुवेदी, शिक्षा उपसमितीको संयोजकमा केसरी प्रसाद खनाल रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस