धादिङ २४ मङ्सिर
धादिङबेसी बिचबजारमा हानावी इन्टरनेशनल जापानीज ल्याङ्ग्वेज सेन्टर सञ्चालनमा आएको छ । शुक्रबारबाट सञ्चालनमा आएको उक्त ल्याङ्ग्वेज सेन्टरमा जापानीज भाषा पठनपाठनका साथै कन्सल्टेन्सकिो समेत काम गरिने म्यानेजिङ डाइरेक्टर हरि बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
स्टुडेन्ट भिषामा जापान जान चाहने नेपालीहरुको लागि निःशुल्क भाषा अध्ययन गराउने तथा सुरक्षित र भरपर्दा तबरमा कन्सलटेन्सीको समेत काम गर्ने उद्देश्यका साथ ल्याङ्ग्वेज सेन्टर स्थापना गरेको श्रेष्ठले बताउनु भयो । उक्त ल्याङ्ग्वेज सेन्टर मुख्य कार्यालय काठमाडौँमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस