धादिङ २४ मंसिर
धादिङका उद्धवप्रसाद न्यौपानेले दोस्रो कृषि तारा अवार्ड जितेका छन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत खनान गोदार लगायतले ५ लाखसहित प्रमाणपत्रले सम्मान गरिएको छ।
इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यावसायिक कृषि कर्ममा लागेका युवाहरू मध्येबाट न्यौपाने उत्कृष्ट भएका हुन् । “दोस्रो कृषि तारा” अवार्ड २०२१ प्रदान समारोहका प्रमुख अतिथि संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले विजेतालाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
इजरायलले आधुनिक प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रमा फड्को मार्न स्थापित भएको र सो प्रविधिलाई नेपालमा पनि भित्र्याउन सरकारले आवश्यक पहल गर्ने मन्त्री यादवले बताउनुभयो ।
देश भरबाट छनोटमा परेका १० युवा कृषकहरु मध्येबाट न्यौपाने उत्कृष्ट घोषित भएका थिए । उत्कृष्ट दशमा नवीन जोशी, दीप नारायण राउत, सशिन कर्माचार्य, सङ्कर सिलवाल, बाबुराम केसी, अनिल दमाई, विजय गाउली, प्रवीण राजवंशी र रामहरि रोइला रहेका थिए।
यस्तै, कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा इजरायल सरकारले प्रयोग गरेको प्रविधि नेपाली किसानमा प्रयोग गर्ने वातावरण सरकारले तय गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस