नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७८ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि २७, सिन्धुलीबाट ५२, रसुवाबाट पनि २७ जना प्रतिनिधि चयन भएका छन् । रसुवाबाट जनता समाजवादी पार्टी ९जसपा० का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यसैगरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २६६ प्रतिनिधि चयन भएका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रबाट सो संख्यामा प्रतिनिधि चयन भएका हुन् । यसैगरी भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । ललितपुरका ३ निर्वाचन क्षेत्रबाट यो संख्यामा प्रतिनिधि चयन भएका हु्न् ।
यसैगरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् । बागमती प्रदेशमा भएको प्रदेश अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो । यसै साता सम्पन्न अधिवेशनमा देउवा पक्षका इन्द्र बानियाँ सिटौला समूह समेतको सहयोगमा विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस