विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ ।
डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।
तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस