राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।
निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।
शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको भन्दै उनले राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुनसक्ने आशंका गरेका छन् । यसबाट आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने रु’ उनले प्रश्न गर्दै भनेका छन्, ‘अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु ।’
राप्रपाको एकता महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको भन्दै थापाले अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा आफूले निरन्तर सकारात्मक सहयोग गर्ने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस