धादिङ १९ मंसिर
नीलकण्ठ नगरपालिका वडा २ नेपाली टोलमा मादक पदार्थ, लागुऔषध सेवन र दुर्व्यसन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नम्बर २ नेपाली टोलमा मादक पदार्थ, लागुऔषध सेवन र दुर्व्यसन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
निलकण्ठ नगरपालिका, दलित सेवा संघ, डेक नेपालद्धारा आयोजित कार्यक्रममा मदिरा सेवनका कारण आर्थिक सामाजिक र सांस्कृतिक रुपमा समुदाय पछि परेको बताएका छन् ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारी, प्रहरी नायब निरीक्षक लक्ष्मण गौतम, महिला विकास निरीक्षक निर्माला केशी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती लागयतले मादक पदार्थ सेवनका बेफाइदा बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमले स्थानीय तवरमा समस्या बारे समन्वय गर्न समन्वय समिति समेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस