धादिङ १८ मंसिर
म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
शनिबार धादिङबेसीमा भएको प्रथम जिल्ला अधिबेशनले बिकल लामा तामाङ (फुन्चो) को अध्यक्षतामा ११ सदस्यीय नव निर्वाचित कार्यसमिती निर्बिरोध चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा माया थोकर तामाङ, उपाध्यक्षमा मोहनसिङ वाइबा तामाङ, दिलकुमार पङचाथेन, सचीवमा सबिना तामाङ, ,सहसचीवमा सुक लामा तामाङ, कोषध्यक्षमा मिना तामाङ र सदस्यहरुमा टीका माया चोथेन, सन्जु लामा र सुनाराम तामाङ निर्वाचित हुनुभएको हो ।
निलकण्ठ नगर घेदुङका अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्हेन्दोमाया कलाकार संघ धादिङको अध्यक्ष सन्दिप स्याम्चेन तामाङको सभापतित्व रहेको थियो ।
प्रतिक्रिया दिनुहोस