धादिङ ६ आषाढ
धादिङको गल्छी गाउँ पालिका ६ बाज गाऊँ स्थित भित्री कच्चि सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । कार्की डाँडाबाट बैरेनी हाईवेतर्फ आउदै गरेको बा. १८ च ९४०८ नं. को बोलेरो जिप आफै अनियन्त्रित भई पल्टिदा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लादैँ गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा गल्छी गाउँ पालिका४ कार्की डाँडा बस्ने बर्ष ३८ को राजु रम्तेल, बर्ष ३२ को सेतु मिजार, बर्ष २१ की सबिता प्याकुरेल, गल्छी गाउँ पालिका ६ बाँझ गाउँ बस्ने बर्ष ३० की कान्छी भुजेल, वर्ष २५ की नानु तामाङ रहेका छन् । घाईतेहरुको स्थानिय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ तर्फ पठाईएको हो । उद्धार र थप अनुसन्धानको लागि घटना स्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्काको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।
घाइतेहरुको विवरण
जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष ६२ को बिष्णु अधिकारी ।
२) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष३५ की सुनिता मिजार ।
३) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष २३ की सुजिता अधिकारी ।
४) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष १५ को सन्तोष रम्तेल ।
५) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष ७० को कृष्ण सार्की ।
६) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष २८ की रेनु भण्डारी ।
७) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष ३५ को राम कृष्ण प्याकुरेल ।
८ )जि.धादिङ गल्छि गा.पा.४ बस्ने बर्ष ४३ कि कल्पना अधिकारी ।
ग्राण्डीमा उपचार भै रहेको घाईतेहरु:-
९) जि. धादिङ गल्छी गा.पा.५ बस्ने बर्ष ३० को अर्जुन अधिकारी ।
१०) जि. धादिङ गल्छी गा.पा.६ बस्ने बर्ष २६ की शान्ती तामाङ ।
११ जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष २६ की शुष्मा लामा ।
१२) जि. धादिङ गल्छी गा.पा.४ बस्ने बर्ष ४५ की शान्ती माया रम्तेल तामाङ ।
जम्मा घाईते सख्या :- १२ जना ( महिला ७ जना र पुरुष ५ जना )
फोटो : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस