धादिङ १७ मङ्सिर
त्रिपुरासुन्दरी माईको मेलाको अवसर पारेर यही मङ्सिर २० गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । त्रिपुरासुन्दरी माई मन्दिरमा लाग्ने न्वागी मेलाको अवसरमा गाउँपालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
गाउँकार्यपालिकाको बैठकले मङ्सिर २० गते सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरु बन्द रहने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडाले जानकारी दिनुभयो ।
त्रिपुरासुन्दरीमाईको मेला अवलोकल तथा मेलाको अवसरमा हुने साँस्कृतिक कार्यक्रम तथा फुटबल प्रतियोगिताको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्न अर्थ मन्त्री जनार्दन शर्मा “प्रभाकर” आउने कार्यक्रम रहेको छ ।
यस्तै कृष्ण कंडेल नेतृत्वको इन्दे्रणी टोलीको समेत बृहत सांस्कृतिक प्रस्तुति रहेन आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस