धादिङ १७ मङ्सिर
धादिङ लगायत देशैभर आजबाट मतदाता नामावली संकलन कार्य सुरु भएको छ । नामावली संकलनको पहिलो दिन धादिङमा १ सय ४७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
आज पहिलो दिन जिल्लाको गंगाजमुना गाउँपालिकामा ९, गजुरीमा ३८, ज्वालामूखीमा ९, धुनिबेसीमा २१, रुवीभ्यालीमा १३, सिद्धलेकमा ८, जिल्ला निर्वाचन कार्यालयमा ३२ र जिल्ला प्रशासन कार्यालयमा १७ गरी १ सय ४७ जनाले नामावली संकलन गराएका हुन् ।
२ चरणमा संकलन गर्ने गरी सुरु भएको नामावली संकलन कार्यक्रम पहिलो चरण मङ्सिर १७ देखि २६ गतेसम्म जिल्लाको नीलकण्ठ नगरपालिकाका साथै गंगाजमुना, गजुरी, ज्वालामूखी, रुवीभ्याली, सिद्धलेक र धुनिबेसी नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ भने दोस्रो चरण मङ्सिर २८ गतेदेखि पौष ९ गतेसम्म बाकी स्थानीय तहहरुमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस