धुनिबेसी नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम अन्तरगत २०७८ मा जन्मेका सबै बालबालिकाको खाता खोलिदिने र सबैको खातामा नगरपालिकाले एक हजार रुपैयाँ नगद समेत जम्मा गरिदिने नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।
नगरपालिकाका सबै बालबालिकालाई नगरपालिकाले पहिलो एक वर्ष रु १० हजार बराबरको बिमा समेत गरिदिने कार्यक्रम रहेको छ ।
यससंगै नगरपालिकाभित्रका सबै सुत्केरी महिलाहरुलाई कुपोषणबाट बचाउन सुत्केरी मसला लिएर घरघरमा उपमेयर समेत भेट्न जाने कार्यक्रम संचालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस